शङ्खधर साकोसद्वारा रक्तदान — OSNepal

शङ्खधर साकोसद्वारा रक्तदान

Kesh Karki (USA) August 07, 2021 0

भक्तपुरको मध्यपुरथिमि–४ शङ्खधरचोकमा आज आयोजित खुला रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन । शङ्खधर बचत तथा ऋण सहकारी संस्थाको सामाजिक उपसमितिले आयोजना गरेको सो कार्यक्रममा ३६ पुरुष र १२ महिलाले रक्तदान गर्नुभएको थियो ।

कोभिड–१९ को महामारीमा रगत अभाव हुन नदिन सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान आयोजना गरिएको उपसमितिका संयोजक न्हुछेंराज बज्राचार्यले बताउनुभयो । रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले आवश्यक प्राविधिक र जनशक्तिको संयोजन गरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर