उडिरहेको जहाजका यात्रुले गर्मी भएको भन्दै प्लेनको ढोका खोलिदिएपछि खैलाबैला — OSNepal

उडिरहेको जहाजका यात्रुले गर्मी भएको भन्दै प्लेनको ढोका खोलिदिएपछि खैलाबैला

LC (KTM) August 07, 2021 0

एजेन्सी । उडिरहेको प्लेनमा गर्मी भएको भन्दै यात्रुले प्लेनको ढोका खोलिदिएपछि हंगामा मच्चिएको छ । घटना हो चीनको सिचुआन प्रान्तको । अन्तराष्ट्रिय समाचार स्रोतका अनुसार मियानयाङ विमानस्थलमा एक अनौठो घटना घटेको समाचार बाहिर आएको हो ।

‘चेन’ थर गरेका ति ब्यक्तिले गर्मी लागेर हावा खानका लागि उनले सो ढोका खोलेको बताएका छन् । ‘चेन’ लाई प्रहरीले तत्कालै पक्राउ गरेको छ । जुन आपत्कालिन द्वार थियो ।

उनले बल लगाउने बित्तिकै पूरै प्यानल खसेपछि विमान भित्र हंगामा नै मच्चिएको थियो । सुरक्षा एजेन्जीहरुले पनि यो घटनाको जाँच गरिरहेको र प्रहरीले चेनलाई १५ दिनका लागि हिरासतमा पठाएको छ ।त्यस्तै विमानमा भएको नोक्सानीको भरपाईका लागि उनीमाथि ११ हजार डलर जरिवाना पनि लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर