राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ — OSNepal

राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ

LC (KTM) April 14, 2025 0

काठमाडौँ, १ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८२ को पहिलो दिन आज हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ गर्नुभएको छ । काठमाडौँस्थित नागार्जुन नगरपालिका–३ हल्चोकस्थति हल्चोक आकाश भैरव मन्दिर पुगेर उहाँले जात्राको शुभारम्भ गर्नुभएको हो ।

त्यस अवसरमा प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति पौडेलले आकाश भैरव तथा देवगणकों पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर