काठमाडौं — गीतकार हरिभक्त बुढाथोकीको नयाँ वर्ष २०८२ को अवसर पारेर तयार गरिएको गीत ‘मलाई हार्न दिदैन’ सार्वजनिक गरिएको छ। अञ्जु पन्त र चेतन चुडालको सुमधुर स्वरमा रहेको यस गीतमा अर्जुन पोख्रेलको सङ्गीत, संजिव बराइलीको एरेञ्ज, नरेश विविसीको मिक्सिङ तथा माष्टरिङ रहेको छ।
प्रेमभावले भरिएको गीतमा अभाव र कठिनाइबीच पनि मायाले बाँच्न र अघि बढ्न प्रेरणा दिने सन्देश दिइएको छ। गीतको भिडियोमा नायक रमेश उप्रेती र सनीशा भट्टराईलाई फिचरिङ गरिएको छ। भिडियोको निर्देशन माधव शर्माले गरेका हुन् भने कोरियोग्राफी प्रबीन सिंहको रहेको छ।
उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सविना गुरुङको श्रृङ्गार रहेको भिडियोलाई हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीत र भिडियो दुबैको प्रशंसा गरिएको छ, विशेषगरी रमेश उप्रेती र सनीशाको केमेस्ट्री दर्शकलाई आकर्षक लाग्नेछ।
तेह्रथुममा जन्मिएका हरिभक्त बुढाथोकी नाटककार, गीतकार, लेखक तथा सामाजिक अभियन्ता हुन्। उहाँले दर्जनभन्दा बढी पुस्तक प्रकाशन गर्नुका साथै ड्राइभिङसम्बन्धी पहिलो पुस्तक लेखन र रोटरी डिस्ट्रिक्ट ३२८२ तथा पतञ्जली योगगानका गीत लेखनसमेत गर्नुभएको छ।
उहाँका थुप्रै सिर्जनात्मक गीतले नेपाली संगीत क्षेत्रलाई समृद्ध बनाउँदै आएका छन्। ‘मलाई हार्न दिदैन’ पनि त्यही शृङ्खलाको एक उत्कृष्ट कृति हो।