काठमाडौँ । चर्चित गायक बिश्वराम कार्कीको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘घुमी घुमी’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ‘कट्टा हान्दिन्छु’, ‘साईलो’ लगायतका लोकप्रिय गीतमार्फत श्रोता-दर्शकमाझ विशेष स्थान बनाइसकेका कार्कीको यो नयाँ प्रस्तुतिमा पनि संगीतप्रेमीको उत्साहजनक प्रतिक्रिया देखिएको छ ।
भीम बिसीको शब्द तथा संगीतमा तयार भएको ‘घुमी घुमी’ गीतको म्यूजिक भिडियोमा गायक बिश्वराम कार्की स्वयंका साथै मोडल बिक्रम चौहान र दिपा पनेरुको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन तथा निर्देशन पनि बिक्रम चौहानले नै गरेका हुन् भने सम्पादन दिन्सन शाहले गरेका छन् ।
सांगीतिक भाव र दृश्य संयोजनको हिसाबले पनि गीत उत्कृष्ट रहेको प्रतिक्रिया प्राप्त भइरहेको छ । भिडियोलाई बिश्वराम कार्कीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
‘घुमी घुमी’ ले प्रेम, उत्साह र रमाइलो भाव व्यक्त गर्दै गीतसंगीतको दुनियाँमा गायक कार्कीको सक्रियता पुनः एकपटक दर्शकसामु प्रमाणित गराएको छ ।