त्रिभुवन विमानस्थलबाट झण्डै सात किलो गाँजासहित भारतीय नागरिक पक्राउ — OSNepal

त्रिभुवन विमानस्थलबाट झण्डै सात किलो गाँजासहित भारतीय नागरिक पक्राउ

LC (KTM) April 15, 2025 0

काठमाडौँ, २ वैशाखः नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “थाई एयरको उडानमार्फत बैङ्कक हुँदै गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेलापरेपछि पक्राउ गरिएको हो ।” भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्यूरो कोटेश्वर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर