काठमाडौं, टेकु – काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको मंगलबजारमा एक हृदयविदारक घटनामा ११ वर्षीय बालिकाको हत्या आरोपमा आफ्नै १५ वर्षीय दाजु पक्राउ परेका छन्।
भगवती बोहराले आफ्नी छोरी दुर्गा बोहरा मिति २०८१/१२/०४ गते राति ९:३० बजेबाट हराएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएपछि खोजी कार्य सुरु गरिएको थियो। अनुसन्धानकै क्रममा मिति २०८१/१२/२९ गते बिहान करिब ११:०० बजे ललितपुर महानगरपालिका वडा नं. ९ स्थित बाबुराजा अवालेको पुरानो घरको भुइँतलामा रहेको प्रयोगविहीन पानी ट्याङ्कीमा दुर्गाको सडेगलेको शव फेला परेको हो।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, PRCB ललितपुर र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त अनुसन्धानमा विभिन्न प्रविधिको प्रयोग गरी गरिएको अनुसन्धानबाट दुर्गाकै १५ वर्षीय दाजुले हत्या गरेको पुष्टि भएको छ। उनी मिति २०८२/०१/०१ गते मंगलबजार क्षेत्रबाट नियन्त्रणमा लिइएका हुन्।
अनुसन्धानबाट खुलेका तथ्यहरूः
हाल घटनाका थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आरोपीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको छ।