काठमाण्डौं, टेकु — काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय वैदेशिक रोजगारीका नाममा नेपाली युवायुवतीलाई विभिन्न देश पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न चार जना व्यक्तिहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ। काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लामो समयदेखि बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभन देखाएर झुक्याउने र विदेश नपठाई सम्पर्कविहीन हुने कार्यमा संलग्न रहेकाले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूको विवरण:
१. ङवाङ गेली शेर्पा
- उमेर: ३७ वर्ष
- स्थायी ठेगाना: सोलुखुम्बु, लिखुपिके गा.पा. वडा नं. ०१
- हालको ठेगाना: गोकर्णेश्वर न.पा. वडा नं. ०६, काठमाडौं
- बिगो रकम: रु. ९,३१,५०० (पोल्याण्ड जाने प्रलोभनमा)
- पक्राउ मिति: २०८१/१२/३१
- पक्राउ स्थान: गोकर्णेश्वर वडा नं. ०६
- पीडित संख्या: १ जना
२. शर्मिला थापा
- उमेर: ३० वर्ष
- स्थायी ठेगाना: नुवाकोट, शिवपुरी गा.पा. वडा नं. ०३
- हालको ठेगाना: टोखा न.पा. वडा नं. ११, काठमाडौं
- बिगो रकम: रु. ७,००,०००
- पक्राउ मिति: २०८१/१२/३१
- पक्राउ स्थान: काठमाडौं महानगरपालिका वडा नं. २६
- पीडित संख्या: १ जना
३. मान बहादुर बस्नेत
- उमेर: ३८ वर्ष
- स्थायी ठेगाना: मोरङ, उर्लाबारी न.पा. वडा नं. ०२
- हालको ठेगाना: काठमाडौं महानगरपालिका वडा नं. ०३
- बिगो रकम: रु. १०,००,००० (चेक रिपब्लिक जाने प्रलोभनमा)
- पक्राउ मिति: २०८२/०१/०२
- पक्राउ स्थान: काठमाडौं वडा नं. ०३
- पीडित संख्या: १ जना
४. मेन्तन राई
- उमेर: ३० वर्ष
- स्थायी ठेगाना: भोजपुर, ट्याम्केमैयुङ गा.पा. वडा नं. ०२
- हालको ठेगाना: काठमाडौं महानगरपालिका वडा नं. १४
- बिगो रकम: रु. ६०,००० (चेक रिपब्लिक प्रकरण)
- पक्राउ मिति: २०८२/०१/०१
- पक्राउ स्थान: काठमाडौं वडा नं. १२
- पीडित संख्या: १ जना
पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धानपछि वैदेशिक रोजगार विभाग ताहाचलमा थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। युवाहरूलाई विदेश पठाउने नाममा ठगी गर्ने यस्ता गतिविधि प्रति सतर्क रहन समेत प्रहरीले आग्रह गरेको छ।