राजसंस्थाको पूनर्स्थापनाका पक्षमा युवा प्रतिवद्धता सभा आयोजना हुँदै — OSNepal

राजसंस्थाको पूनर्स्थापनाका पक्षमा युवा प्रतिवद्धता सभा आयोजना हुँदै

Kesh Karki (USA) April 16, 2025 0

काठमाडौँ — राजसंस्था पुनर्स्थापनाका पक्षमा सक्रिय संयुक्त जनआन्दोलन समितिको आयोजनामा युवा प्रतिवद्धता सभा आयोजना हुने भएको छ। नेपाल प्राज्ञिक मञ्चको संयोजनमा हुने उक्त कार्यक्रमको सभापतित्व कार्यवाहक संयोजक डा. जगमान गुरुङले गर्नेछन्।

२०८२ साल वैशाख ३ गते, बुधबार, बिहान ११:३० बजे राजधानीको बिजी बैंकेट हल, गोंगबु नयाँ बसपार्कमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

प्रतिवद्धता सभामा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (वीपी), शिव सेना नेपाल, सरोकार मञ्च, तथा अन्य राजसंस्थाका पक्षमा सक्रिय युवासंघसंस्थाहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

यस कार्यक्रममार्फत राजसंस्थाको पुनर्स्थापनाको विषयलाई फेरि राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गरिने बताइएको छ। पत्रकार तथा संचारकर्मीहरूलाई उक्त कार्यक्रममा समाचार संकलनका लागि उपस्थित रहन आयोजकले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर