नक्षत्र २०२५ को छैटौं संस्करण लन्डनमा हुँदै — OSNepal

नक्षत्र २०२५ को छैटौं संस्करण लन्डनमा हुँदै

admin April 19, 2025 0

काठमाडौँ । लन्डनमा प्रतिभा नक्षत्र २०२५ को आयोजना हुने भएको छ । छैटौं संस्करणको यो कार्यक्रम अगस्ट १७, २०२५ मा दक्षिण पूर्व लन्डनको ग्रीनविचमा कार्यकम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । जहाँ नेपाल बाहेक विश्वभरका सहभागीहरूलाई परम्परागत सांस्कृतिक पोशाकमा आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् । जसमा ६ देखि ११ वर्ष उमेरका बाल स्टार प्रतिभा र युवा स्टार प्रतिभा अन्र्तगतका १२ देखि १९ वर्षसम्मका किशोर किशोरीले भाग लिन पाउनेछन् । जसको अडिसनको लागि अन्तिम मिति जुलाई ७ सम्म सहभागी हुने प्रतियोगीहरुले सहभागीता जनाउन सक्नेछन् ।

सहभागीहरूले गायन, नृत्य, कला, बजाउने वाद्ययन्त्र, अभिनय, साहित्य, वा अन्य कुनै सांस्कृतिक प्रदर्शन जस्ता प्रतिभा प्रदर्शन गर्न सक्नेछन् ।
विजेताहरूले ट्रफी, नगद पुरस्कार, उपहार ह्याम्पर र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । अडिसन अनलाइन र व्यक्तिगत रूपमा दुवै रूपमा आयोजित गरिने बताइएको छ । शीर्ष १० प्रतियोगीहरु मध्येबाट फाइनलमा पुग्नेहरू छनोट गरिनेछ। सहभागीहरूले प्रतिभा नक्षत्र वेबसाइट वा फेसबुक पेज मार्फत अनलाइन दर्ता गर्नुपर्नेछ । प्रतियोगीतामा प्रथम स्थान हाँसिल गर्नेले ५०० पाउण्ड, उपविजेताले ४ सय पाउड, दोस्रो उपविजेताले ३ सय पाउण्ड प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर