पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ स्थित शिवटोल, पार्वतीटोल र शुभकामना टोलमा लामो समयदेखि बसोबास गर्दै आएका भुमिहिन सुकुम्बासीहरुले जग्गा खाली गर्न वडाबाट जारी गरिएको ३५ दिने सूचनाको विरोध गर्दै तीन बुँदे मागपत्र पेश गरेका छन्।
वडाले मिति २०८२ वैशाख २ गते सार्वजनिक सूचना जारी गरी ३५ दिनभित्र संरचना हटाई जग्गा खाली गर्न निर्देशन दिएकोमा सुकुम्बासीहरुले उक्त सूचना बदर गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्।
उनीहरुले पेश गरेको तीन बुँदे मागपत्रमा भनिएको छ:
शिव टोल विकास संस्थाका अध्यक्ष ध्रुव कुमार श्रेष्ठले पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीलाई तीन पृष्ठ लामो औपचारिक मागपत्र बुझाएका हुन्।
मागपत्र बुझाउने कार्यक्रम राष्ट्रिय भूमिअधिकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर लामिछानेको सहजीकरणमा सम्पन्न भएको थियो भने मञ्च कास्कीका जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले मागपत्र सार्वजनिक रूपमा पढेर सुनाएका थिए।
स्थानीय भुमिहिन सुकुम्बासी समुदायले आफूहरुको दीर्घकालीन बसोबास र योगदानलाई राज्यले बेवास्ता गरेको आरोप लगाउँदै समाधान नभए कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन्।