पोखरा । नेपालमा व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै प्लेटफर्ममा समेट्ने लक्ष्यका साथ नेपालको पहिलो बहुसेवा सर्च इन्जिन अनलाइन सेवा डटकम ले आफ्नो औपचारिक सुरुवात गरेको छ। पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम अधिकारीले डिजिटल नेपाल निर्माणतर्फ कम्पनीको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
पोखरामा स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका अधिकारीका अनुसार, अनलाइन सेवा डटकमले नेपाली सेवा र उत्पादनलाई विश्व बजारसम्म पुर्याउने उद्देश्य लिएको छ। “नेपाल सानो भए पनि डिजिटल सम्भावनाले भरिएको देश हो, अनलाइन सेवा डटकमले त्यसै सम्भावनालाई वास्तविकतामा परिणत गर्ने प्रयत्न थालेको हो,” उनले बताए।
‘सबै सेवा एउटै ठाउँमा’ भन्ने आदर्श वाक्यसहित अगाडि बढेको अनलाइन सेवा डटकम वेबसाइट मात्र नभई:
जस्ता सेवा एउटै डिजिटल छातामुनि उपलब्ध गराउने लक्ष्य लिएको छ।
अमेरिकामा पनि शाखा खोल्ने तयारी
पोखरा र काठमाडौंबाट सुरु गरिएको सेवा अब छिट्टै देशभर विस्तार हुने र अमेरिकामा शाखा खोल्ने तयारीसमेत रहेको जानकारी दिँदै सीईओ अधिकारीले डिजिटल मार्केटिङ, इभेन्ट तथा टुरिज्म प्रमोशन, दक्ष जनशक्ति व्यवस्थापन आदिमा कम्पनीले सेवा दिने बताए।
उनले नेपाली युट्युबर, कलाकार, उद्यमी र डिजिटल क्रिएटरलाई एउटै मञ्चमा ल्याएर प्रवद्र्धन गर्ने योजना पनि सार्वजनिक गरे।
डिजिटल उपस्थिति अब विलासी विकल्प होइन, अनिवार्यता
“आजको प्रतिस्पर्धी डिजिटल युगमा व्यवसाय र सेवाप्रदायकहरूका लागि डिजिटल उपस्थिति अनिवार्य भएको छ,” अधिकारीले बताए। अनलाइन सेवा डटकम सस्तो, छिटो र प्रभावकारी डिजिटल प्रचारको भरपर्दो माध्यम बन्ने दाबीसमेत उनले गरे।
उनका अनुसार, यो प्लेटफर्म साना उद्यमीदेखि ठूला कम्पनीहरूसम्म सबैका लागि उपयोगी बन्नेछ। साथै, कम्पनीले ग्रामीण क्षेत्रमा सेवा विस्तार, सीपयुक्त जनशक्तिको डाटाबेस निर्माण, कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत सेवा गुणस्तरमा सुधार गर्ने योजना अघि सारेको छ।
अन्तर्राष्ट्रिय बजारसम्म नेपाली व्यवसायको विस्तारको लक्ष्य
नेपालमा उत्पादित वस्तु तथा सेवाहरूलाई अनलाइनमार्फत अमेरिका लगायतका मुलुकमा पु¥याउने उद्देश्य राखिएको र नेपाल-अमेरिका व्यापारिक सम्बन्धलाई डिजिटल माध्यमबाट सहज बनाउने तयारी गरिएको जनाइएको छ।
सीईओ अधिकारीले सबै व्यवसायी, सेवा प्रदायक र सीप बोकेको जनशक्तिलाई अनलाइन सेवा डटकम मा आवद्ध हुन आह्वान गर्दै भने, “नेपालको हरेक व्यवसाय र सेवा अनलाइनमा होस् र संसारभरि फैलियोस् भन्ने हाम्रो सपना हो।”