तीनकुने घटनामा मानव अधिकार उल्लंघनबारे पत्रकार सम्मेलन हुँदै — OSNepal

तीनकुने घटनामा मानव अधिकार उल्लंघनबारे पत्रकार सम्मेलन हुँदै

Kesh Karki (USA) April 25, 2025 0

काठमाडौं – २०८१ सालको चैत्र १५ गते तीनकुनेमा भएको मानव अधिकार उल्लंघनको विषयमा संयुक्त जनआन्दोलन समितिले पत्रकार सम्मेलन गर्ने भएको छ। घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने उद्देश्यसहित समितिले पत्रकार सम्मेलन आयोजना गरेको हो।

पत्रकार सम्मेलन २०८२ साल वैशाख १२ गते, शुक्रबारका दिन डिल्ली बजारस्थित भोजन गृहमा आयोजना हुनेछ। सम्मेलन दिनको ४ बजे सुरु हुनेछ।

समाचार संकलन तथा छायांकनका लागि सञ्चारकर्मीहरूलाई उपस्थित भइ सहयोग गर्न संयोजक नवराज सुवेदीले आग्रह गरेका छन्।

उक्त कार्यक्रममा घटनाको पृष्ठभूमि, मानवीय असर र समितिले अघि सारेका माग तथा सिफारिसहरूबारे जानकारी दिइने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर