मकवानपुरको लच्कामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु — OSNepal

मकवानपुरको लच्कामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

LC (KTM) April 25, 2025 0

मकवानपुर, १२ वैशाखः बिहीबारे हेटौँडा नारायणगढ सडकखण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्युभएको छ ।

गएराति मनहरीबाट सुनाचुरीतर्फ गइरहेको बा६२प १११४ नंको मोटरसाइकलले अन्दाजी ६० वर्षीया महिलालाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते ती महिलालाई प्रहरीले उद्धार गरी हेटौँडा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको सनाखत नभएको र मोटरसाइकल चालक ३२ वर्षीय मन्सु गुरुङलाई मनहरी गाउँपालिका–६ प्रतापपुरस्थित घरबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर