सीमा क्षेत्रमा पुगेर हुम्ला प्रशासनले दियो चीन जान अस्थायी पास वितरण — OSNepal

सीमा क्षेत्रमा पुगेर हुम्ला प्रशासनले दियो चीन जान अस्थायी पास वितरण

LC (KTM) April 26, 2025 0

सिमकोट, (हुम्ला) १३ वैशाखः जिल्ला प्रशासन कार्यालयले सीमा क्षेत्रमा पुगेर छिमेकी राष्ट्र चीनको ताक्लाकोट जाने अस्थायी सीमा पास वितरण गरेको छ ।
छिमेकीमुलुक चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट आउँजाउ गर्न तुम्कोट, याल्वाङ, हिल्सा, यारीलगायतका क्षेत्रमा पुगेर तीन सय ७४ जनालाई अस्थायी सीमा पास वितरण र नवीकरण गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।

सदरमुकाम सिमकोट पुगेर सीमा पास लिन सीमावर्ती क्षेत्रका नागरिकलाई कठिन भएपछि सीमा क्षेत्रमा पुगेर अस्थायी सीमा पास वितरण गरिएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हिल्सा नाकामा छ वटा नयाँ, ६४ वटा नवीकरण, यारीमा छ जनालाई नयाँ र ८६ नवीकरण, तुम्कोटमा १६ वटा नयाँ र ३४ नवीकरण, याल्वाङमा ४८ लाई नयाँ र एक सय १४ जनाको नवीकरण गरिएको छ । हालसम्म यहाँ सात हजार पाँच सय ४५ जनाले चीनको ताक्लाकोट आउँजाउ गर्न सीमपास लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर