आजको विस्तृत राशिफल: १७ बैशाख २०८२, बुधवार — OSNepal

आजको विस्तृत राशिफल: १७ बैशाख २०८२, बुधवार

Kesh Karki (USA) April 30, 2025 0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कार्यक्षेत्रमा तपाईँको बोली प्रभावशाली बन्नेछ र ठूलो कार्य सम्पादन हुनेछ। सांस्कृतिक वा सामाजिक कार्यक्रमहरूमा सहभागिता जनाउने मौका मिल्न सक्छ। शुभचिन्तकहरूको साथ र सहयोग जुट्नाले कार्यक्षेत्रमा उत्साह र आत्मविश्वास बढ्नेछ।

शुभ रंग: पहेलो | शुभ अंक: १

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कार्यक्षेत्रमा तपाईँको प्रतिष्ठा बढ्नेछ र योजनाहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। तपाईँले लगनशीलताका साथ काम गरेमा राम्रो नतिजा प्राप्त हुनेछ। मनपर्ने वस्तु, अलंकार वा उपहार पाउने सम्भावना छ। आर्थिक पक्ष सबल रहने संकेत छ।

शुभ रंग: सेतो | शुभ अंक: २

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पुराना टाढिएका इष्टमित्रहरूसँग पुनः भेटघाट हुनसक्छ। सामाजिक क्षेत्र वा सार्वजनिक जीवनमा तपाईँको पद र प्रतिष्ठामा वृद्धि हुनेछ। विद्यार्थीहरूका लागि शैक्षिक कार्यमा सफलता मिल्नेछ। रोजगारी वा व्यवसायमा वातावरण तपाईँको पक्षमा रहनेछ।

शुभ रंग: हरियो | शुभ अंक: ३

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्वास्थ्यमा सुधार देखिनेछ र पुराना बिमारीहरूबाट मुक्ति पाउन सकिनेछ। यद्यपि आर्थिक मामिलामा सतर्कता आवश्यक छ। कार्यक्षेत्रमा तपाईँको कार्यशैलीको प्रशंसा हुनेछ। पारिवारिक सम्बन्धमा बेवास्ता नगर्नुहोस्, सन्तुलन कायम गर्नु हितकर हुनेछ।

शुभ रंग: हरियो | शुभ अंक: ३

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

खर्चमा अनियन्त्रण हुनसक्छ, ध्यान दिनुहोला। कार्यक्षेत्रमा लापरवाही गर्नु नोक्सानदायक हुनसक्छ। शिक्षाको क्षेत्रमा तपाईँलाई भाग्यले साथ दिनेछ। व्यवसायसँग सम्बन्धित यात्राबाट लाभ हुने सम्भावना छ।

शुभ रंग: रातो | शुभ अंक: १

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतियोगी परीक्षामा सफलता मिल्ने संकेत छन्। घरपरिवारमा मांगलिक कार्यको चर्चा चल्नसक्छ। धन कमाउने नयाँ अवसरहरू देखा पर्न सक्छन्। आत्मविश्वासका साथ अघि बढ्नु फलदायी हुनेछ।

शुभ रंग: निलो | शुभ अंक: २

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रेम सम्बन्ध सुमधुर रहनेछ। जग्गाजमिनका विषयमा विवाद समाधान हुने सम्भावना छ। पारिवारिक जीवनमा कुनै शुभ समाचार प्राप्त हुन सक्छ। स्वास्थ्यमा ख्याल राख्नुहोस्, खानपानमा सन्तुलन आवश्यक छ।

शुभ रंग: सेतो | शुभ अंक: ६

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जीवनसाथी वा साझेदारको साथबाट लाभ मिल्नेछ। व्यापारमा लाभ हुने सम्भावना प्रबल छ। यद्यपि निर्णय लिनु अघि सबै पक्ष सोच्नुहोला। मनमा रहेका समस्यालाई नछोपेर समाधानतर्फ लाग्नु फाइदाजनक हुनेछ।

शुभ रंग: निलो | शुभ अंक: ५

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

नयाँ कार्यको थालनीले मनमा उत्साह भरिनेछ। टाढिएका छरछिमेकी वा नातेदारहरूसँग सम्बन्धमा सुधार आउने संकेत छन्। कार्यक्षेत्रमा योजना अनुरूप काम गर्न कठिनाइ हुनसक्छ, तर धैर्यले परिणाम ल्याउनेछ।

शुभ रंग: बैजनी | शुभ अंक: ९

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

धैर्य र परिश्रमले आँटेका कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। आयस्रोतमा वृद्धि हुनेछ। विद्यार्थीहरूका लागि नयाँ ज्ञान प्राप्त गर्ने अवसर छ। सामाजिक तथा धार्मिक क्षेत्रमा तपाईँको सहभागिता बढ्नेछ।

शुभ रंग: हरियो | शुभ अंक: ४

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

अचानक नयाँ कामको प्रस्ताव आउन सक्छ। घरायसी काममा व्यस्तता बढ्नेछ। निर्णय लिनुअघि आत्मबल बढाउनु आवश्यक छ। विचार पु¥याएर काम गर्नु बुद्धिमानी हुनेछ।

शुभ रंग: खैरो | शुभ अंक: ३

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

पठनपाठन वा अध्ययन अनुसन्धानमा सफलता मिल्नेछ। समाज वा परिवारमा अरूको उपकारमा तपाईँको चासो बढ्नेछ। सरकार वा प्रशासनबाट सहयोग प्राप्त हुने संकेत छन्। रोकिएको काम अघि बढ्ने सम्भावना छ।

शुभ रंग: निलो | शुभ अंक: ८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर