पाकिस्तानी विमान र फाइटर जेटका सिग्नल जाम गर्ने तयारीमा भारत, मोदी सरकारको कडा कदम — OSNepal

पाकिस्तानी विमान र फाइटर जेटका सिग्नल जाम गर्ने तयारीमा भारत, मोदी सरकारको कडा कदम

Kesh Karki (USA) May 01, 2025 0

नई दिल्ली । पहलगाममा भएको आतंककारी हमलापछि भारत–पाकिस्तान सम्बन्ध झनै तनावपूर्ण बनेको छ । उक्त हमलाले भारत र पाकिस्तानबीचको सम्बन्धलाई रसातलमा पुर्‍याएको विश्लेषण भइरहेका बेला भारत सरकारले कडा निर्णय लिएको छ ।

भारतले पाकिस्तानतर्फ जान लागेका विमान तथा फाइटर जेटहरूको सिग्नल जाम गर्ने तयारी गरेको छ । साथै, भारतले पाकिस्तानका लागि आफ्नो हवाई क्षेत्र (एयरस्पेस) बन्द गर्ने तयारी समेत अघि बढाएको छ ।

सुरक्षा स्रोतका अनुसार, भारत सम्भावित सैन्य कारबाहीका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेको छ । पाकिस्तानलाई चेतावनीस्वरूप मोदी सरकारद्वारा उठाइएको यो कदमलाई गम्भीर मानिएको छ ।

पछिल्लो घटनाक्रमबाट पाकिस्तानमा पनि त्रास र सतर्कता बढेको जनाइएको छ । यसअघि पनि भारतले पुलवामा हमलापछि कडा सैन्य जवाफ दिएको स्मरणीय छ ।

यसपटक भारतको रणनीति अझ सशक्त हुने संकेत विश्लेषकहरूले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर