मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मेष राशिका जातकहरूले आफ्नो कार्यक्षेत्रमा नयाँ जिम्मेवारी पाउने सम्भावना छ। कामप्रति तपाईंको समर्पण र परिश्रमको मूल्यांकन हुने दिन भएकाले, उच्च पदस्थ व्यक्तिहरूसँगको सहकार्यमा ध्यान दिनुहोस्। सामाजिक क्षेत्रमा सक्रिय रहनु सकारात्मक हुनेछ भने पारिवारिक जिम्मेवारी पनि बढ्न सक्छ। आत्मविश्वास बलियो हुनेछ तर एकोहोरो निर्णय नगर्नुहोस्। कुनै नयाँ योजना सुरु गर्न अनुकूल समय हो।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज वृष राशिका लागि सौन्दर्य र विलासी वस्तुमा खर्च बढ्नसक्छ। घरायसी वातावरण केही भावुक बन्नेछ, विशेषगरी सन्तानको भविष्य र शिक्षा विषयमा चिन्ता बढ्न सक्छ। आर्थिक पक्ष सामान्य रहे पनि खर्च नियन्त्रित गर्नु राम्रो हुन्छ। आजको दिन आत्मविश्लेषण गर्न र भविष्यका योजनाहरू पुनरावलोकन गर्न उपयुक्त हुनेछ। साथीभाइ वा पुराना सम्बन्धीहरूसँग सम्बन्ध प्रगाढ बन्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिथुन राशिका व्यक्तिहरूले आज न्यायिक मामलामा सफलता पाउन सक्छन्। वैचारिक दृष्टिले बलियो समय हो, जसले तपाईंलाई बहस वा छलफलमा विजय दिलाउन सक्छ। घरपरिवारसँग सहकार्य बढ्नेछ र सुखद वातावरण बन्नेछ। प्रेम सम्बन्धमा प्रगति हुनेछ भने पारिवारिक सल्लाहले महत्वपूर्ण निर्णयहरू सहज बनाउन सहयोग पुर्याउनेछ। सरकारी काम वा कागजातसम्बन्धी प्रक्रियामा पनि सफलता मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कर्कट राशिका लागि अत्यन्त शुभ दिन रहने संकेत छ। विशेषगरी व्यापार व्यवसायमा मनग्य लाभ उठाउन सक्नुहुनेछ। सरकारी वा प्रतिष्ठानसँग सम्बन्धित काममा सकारात्मक परिणाम प्राप्त हुनेछ। पारिवारिक वातावरणमा हर्ष र उत्सवको माहोल बन्न सक्छ। अरूको सहयोगले अड्किएको काम अगाडि बढ्नेछ भने छोटो यात्रा वा धार्मिक भ्रमणको सम्भावना पनि छ। मन प्रसन्न रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका जातकहरूले आज रमाइलो र पारिवारिक जमघटमा समय बिताउनसक्नेछन्। प्रेम जीवनमा उत्साहजनक पलहरू बित्नेछ तर अप्रत्यासित खर्चका कारण मानसिक तनाव हुनसक्छ। आत्मबल उच्च रहनेछ तर फजुल खर्च वा अनावश्यक सस्तो मोहमा नपरौं। पारिवारिक सदस्यहरूसँगको समयले मानसिक सन्तुलन कायम राख्नेछ। सामाजिक सञ्जाल वा डिजिटल प्लेटफर्मबाट फाइदा उठाउने दिन पनि बन्न सक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि आजको दिन सामाजिक प्रतिष्ठा र सम्मान प्राप्त गर्ने दिन हो। तपाईंको दक्षता र परिश्रमलाई आज सहकर्मी र वरिष्ठहरूले खुलेर प्रशंसा गर्न सक्छन्। पिताको सहयोग वा पारिवारिक आशीर्वादले मार्गप्रशस्त हुने देखिन्छ। व्यवसाय वा कलासँग सम्बन्धित व्यक्तिहरूले विशेष अवसर पाउन सक्छन्। अध्ययन-अध्यापनका क्षेत्रमा पनि सफलता मिल्ने संकेत छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका जातकहरूले आज धर्म, संस्कार, र सामाजिक उत्तरदायित्वप्रति बढी जागरुकता देखाउनेछन्। साथीभाइसँगको मेलमिलापले मन हलुका बनाउनेछ। प्रेम सम्बन्धमा न्यानोपन आउन सक्छ भने जोडी मिल्ने संकेतहरू प्रकट भएका छन्। नयाँ काम सुरु गर्न सकिन्छ, तर दीर्घकालीन योजना बनाउने समय उत्तम हुनेछ। भित्री शान्तिको खोजीमा ध्यान, योग वा आध्यात्मिक क्रियाकलाप उपयोगी बन्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज वृश्चिक राशिका लागि केही चुनौतीपूर्ण समय बन्न सक्छ। मनमा निराशा र उत्साहको कमी देखिन सक्छ, जसले कार्यक्षमतामा प्रभाव पार्न सक्छ। नकारात्मक सोच हटाएर सकारात्मक पक्षतर्फ ध्यान दिनु आवश्यक छ। स्वास्थ्यमा अल्छी नदेखाउनुहोस् र मानसिक तनाव व्यवस्थापन गर्नुहोस्। आर्थिक कारोबारमा होसियारी अपनाउनुहोस् र अरूको प्रभावमा निर्णय नलिनु राम्रो हुन्छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशिका व्यक्तिहरूको लागि आजको दिन करियर र व्यवसायमा उन्नतिको दिन हो। विशेषगरी प्रविधि, शिक्षा र सरकारी क्षेत्रमा संलग्न व्यक्तिहरूले विशेष अवसर पाउन सक्छन्। स्वास्थ्यमा भने सामान्य असजिलो हुनसक्छ, त्यसैले खानपान र आराममा ध्यान पुर्याउनुहोस्। जीवनसाथीसँग सहकार्यमा सुधार आउँछ भने पारिवारिक सम्बन्धमा मिठास आउनेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मकर राशिका जातकहरूले आज शिक्षा, प्रतियोगिता वा अनुसन्धानमा सफलता पाउने सम्भावना छ। विशेष गरी विद्यार्थी वर्गका लागि उत्कृष्ट समय हो। कुनै नयाँ सिकाइ वा तालिम सुरु गर्न उत्तम दिन हो। कलात्मक वा साहित्यिक क्षेत्रका व्यक्तिहरूले विशेष सम्मान पाउन सक्छन्। आत्मविश्वास बढ्नेछ, तर अभिमान नगर्नु राम्रो हुन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कुम्भ राशिका लागि आजको दिन योजना कार्यान्वयन गर्ने उपयुक्त समय हो। विगतमा बनाएका योजनाहरूलाई व्यवहारमा उतार्न सकिनेछ। स्वास्थ्यका मामिलामा केही चिसोपन हुनसक्छ, त्यसैले समयमै रोकथाम गर्नु उचित हुनेछ। सानोतिनो यात्राको योग छ जसले नयाँ सम्भावनाको ढोका खोल्नेछ। व्यापारिक साझेदारीमा पनि राम्रो सम्भावना देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मीन राशिका व्यक्तिहरूका लागि आजको दिन शुभ समाचारले मन हर्षित बनाउनेछ। विशेष गरी विदेशबाट वा टाढा रहेका आफन्तबाट खुसीको खबर आउन सक्छ। नयाँ योजनामा ध्यान केन्द्रित गर्नुहोस्, तर ती योजना सार्वजनिक नगर्नु नै राम्रो हुन्छ। आत्मअनुशासन र धैर्यले तपाईंको सफलता सुनिश्चित गर्नेछ। यात्राको सम्भावना छ र धार्मिक कार्यमा पनि सहभागी भइनेछ।