मुटु र फोक्सोको समस्या कम गर्न खानुहोस् सुकुमेल, छन् यस्ता कयौ फाइदा — OSNepal

मुटु र फोक्सोको समस्या कम गर्न खानुहोस् सुकुमेल, छन् यस्ता कयौ फाइदा

LC (KTM) August 08, 2021 0

काठमाडौं -सुकुमेल स्वादका लागि मसलाको रुपमा मात्रै होइन स्वास्थ्यका लागि औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । सुकुमेलमा औषधीय गुण हुन्छ । सास गनाउने गरेको छ भने मुखमा सुकुमेल हाली समय लगाए चुस्ने गर्नुस् । यसमा पाइने सुगन्धले सासलाई ताजा राखी दुर्गन्ध हटाउँछ ।

भोक नलाग्ने, बान्ता हुने, अपच हुने आदि समस्या छन् भने सुकुमेल खानाले कम हुन्छ । तिर्खा लागिरहन्छ अथवा घाँटी पोल्ने गरिरहन्छ भने सुकुमेल मिसाइएको पानी पिउँदा राम्रो हुन्छ ।

छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ । रुघाखोकी लागेको छ अथवा घाँटी खसखस भइरहने समस्या छ भने सुकुमेललाई पिसेर महसँग खानुपर्छ ।

सुक्खा खोकी लागेको छ भने सुकुमेल, तोरीको तेल र चिनी मिसाएर खानुपर्छ । यसले कफ बाहिर निकाल्न मद्दत गर्छ । ज्वरो आएर जीउ पोलेको छ भने सुकुमेल खानाले सहज महसुस हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर