आजको विस्तृत राशिफल: २० बैशाख २०८२, शनिवार — OSNepal

आजको विस्तृत राशिफल: २० बैशाख २०८२, शनिवार

Kesh Karki (USA) May 03, 2025 0

🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिन सक्छ। धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। गृहणीहरूले नयाँ पहिरन वा साजसज्जामा समय बिताउनेछन्। आर्थिक पक्ष बलियो बन्नेछ। शुभ रंग: सेतो, शुभ अंक: ३।

🐂 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सौन्दर्यगत सामानमा धन खर्च हुने सम्भावना छ। सामाजिक वा पारिवारिक दायित्व पूरा गर्न कार्यक्षेत्रमा खट्नुपर्ला। बच्चाको शिक्षालाई लिएर मनमा चिन्ता रहनेछ। शुभ रंग: गुलाबी, शुभ अंक: २।

👯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

न्यायिक मामलाहरूमा पक्ष सबल रहनेछ। पारिवारिक वातावरण सुखमय रहनेछ। मनले पुनर्जागृतिको अनुभव गर्नेछ। प्रयत्न गर्दा राम्रो अवसर मिल्नेछ। शुभ रंग: हरियो, शुभ अंक: ४।

🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ। सेवामूलक कार्यबाट प्रतिष्ठा पाइनेछ। अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। कार्यक्षेत्रमा अरूको लागि श्रम र बुद्धि खर्च गर्नुपर्ला। शुभ रंग: सेतो, शुभ अंक: ४।

🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

घरपरिवारसँग रमाइलो समय बिताउन सकिनेछ। अप्रत्यासित खर्चको सम्भावना देखिएको छ। मेहनतले सम्मान दिलाउनेछ। नयाँ कार्यको प्रस्ताव आउनेछ। शुभ रंग: निलो, शुभ अंक: ३।

👧 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक प्रतिष्ठा बढ्नेछ। इच्छाशक्ति बढ्नुको साथै कीर्तिमान कार्य गर्ने अवसर रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। शुभ रंग: हल्का निलो, शुभ अंक: २।

⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धर्मकर्ममा रुचि बढ्नेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। समय अवस्था विचार गरेर चल्ने प्रयास गर्नुहोस्। प्रेम सम्बन्धमा भ्रमणका योग छन्। शुभ रंग: पहेलो, शुभ अंक: २।

🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मनमा उत्साहको कमी रहनेछ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ। रचनात्मक कार्य गर्न सकिनेछ। कार्यक्षेत्रमा धैर्य र शान्त रहने प्रयास गर्नुहोस्, राम्रो रहनेछ। शुभ रंग: रातो, शुभ अंक: ६।

🏹 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

पेशागत क्षेत्रमा प्रगति हुनेछ। वैवाहिक सम्बन्धमा मिठास आउनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। स्वास्थ्यलाई लिएर लापरवाह नरहनुहोस्। अरुको करकापमा परेर कुनै निर्णय नलिनुहोस्। शुभ रंग: निलो, शुभ अंक: ८।

🐐 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। साहित्य वा कलामा रुचि बढ्नेछ। पहिला गरिएका कार्यहरूबाट लाभ मिल्नेछ। बुद्धिको उपयोगले जटिल ठानेका कार्यहरू पनि सम्पादन हुनेछन्। शुभ रंग: खैरो, शुभ अंक: ६।

🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ योजनाहरू कार्यान्वयन हुनेछन्। विद्यार्थीहरूले अध्ययन अध्यापनमा राम्रो सफलता मिल्नेछ। पार्टी वा सेमिनारहरूमा सहभागी भइनेछ। स्वास्थ्यमा मौसमी बिमारीबाट जोगिनुहोस्। शुभ रंग: निलो, शुभ अंक: ६।

🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कुनै शुभ समाचारले नयाँ कार्य गर्ने हौसला जगाउनेछ। समयमा सही निर्णय लिन नसक्दा पछि परिनेछ। महत्वकांक्षी योजनाहरू सार्वजनिक नगर्नुहोस्। अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। शुभ रंग: सेतो, शुभ अंक: ९।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर