काठमाडौं — सनराइज म्युजिकको प्रस्तुति तथा सुधा इन्टरटेनमेन्टको ब्यानरमा तयार पारिएको नयाँ नेपाली गीत ‘जहाँ फूल, उही भमरा’ सार्वजनिक भएको छ। केशव भावुक र अस्मिता अधिकारीको सुमधुर आवाजमा सजिएको यो गीत २०८२ सालको एक बहुप्रतिक्षित सांगीतिक सिर्जना हो।
गीतमा सुधा मरहट्टाको मार्मिक शब्द र तोरेम्पा हाङको संगीत सुन्न सकिन्छ भने संगीत संयोजन राजु कार्कीले गरेका छन्। गीतको अडियो The King Studio मा रेकर्ड गरिएको हो।
भिडियोतर्फ, निर्देशन राजकुमार घिमिरेको रहेको छ भने मिस पाबी, बिकसित शर्मा, सुरेश देओल र प्रबिना खड्का मुख्य भूमिकामा देखिएका छन्। छायांकन राज पोखरेलले, सम्पादन र रंग संयोजन भीम श्रेष्ठले गरेका छन्। मेकअप आर्टिस्ट सरु ओली र पोस्ट–प्रोडक्सन Shadows Creation को रहेको छ।
गीतमा नेपाली सांगीतिक सौन्दर्य र समसामयिक प्रेमको कथा समेटिएको छ। गीतको अंग्रेजी सबटाइटल सुभाष चन्द्र राईले तयार पारेका छन्।