गायक विवेक खत्री र शान्ती परियारको स्वरमा ‘वनको तरुल’ — OSNepal

गायक विवेक खत्री र शान्ती परियारको स्वरमा ‘वनको तरुल’

Kesh Karki (USA) May 04, 2025 0

काठमाण्डौं । नेपाली लोकसंगीतलाई नयाँ ढंगले प्रस्तुत गर्ने उद्देश्यका साथ गायक विवेक खत्री र गायिका शान्ती परियारको स्वरमा रहेको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक भएको छ । मौलिक लोकभाका र आधुनिक संगीतको मिश्रणमार्फत तयार पारिएको यस गीतले दर्शक र स्रोतामाझ राम्रो प्रतिक्रिया बटुल्न थालेको छ ।

‘नन्दनी पिरतीको दिल’, ‘लौननी भैया हान्देउ गुलेलीले’, ‘डोरी बाटेर’ र ‘देउन त्यो मन’ जस्ता चर्चित गीतका सर्जक विक्रम बावु विश्वकर्माको शब्द तथा लय सिर्जनामा तयार भएको ‘वनको तरुल’लाई संगीतकार विश्वास नेपालले एरेन्ज गरेका हुन् ।

गीतको भिडिओ पक्षलाई समेत आकर्षक बनाउने प्रयास गरिएको छ । भिडियोको छायांकन सुनिल भण्डारीले, सम्पादन नविन धर्ति मगरले तथा कोरियोग्राफी तथा निर्देशन कमल भक्तले गरेका छन् । भिडियोमा सरद एलजी, गोविन्द विवश र कृपा पौडेलको जीवन्त अभिनय देख्न सकिन्छ ।

सामाजिक सञ्जाल र युट्युबमार्फत सार्वजनिक गरिएको गीत ‘वनको तरुल’ ले छोटो समयमै हजारौं भ्युज बटुल्दै सकारात्मक टिप्पणीहरू प्राप्त गरिरहेको छ । यो गीतले नेपाली लोकसंगीतलाई नयाँ पुस्तासम्म पुर्‍याउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement