मणिराजको गुलेली मट्याङ्ग्रामा रियासा र पुष्पको अभिनय — OSNepal

मणिराजको गुलेली मट्याङ्ग्रामा रियासा र पुष्पको अभिनय

LC (KTM) August 08, 2021 0

काठमाडौँ । गीतकार मणिराज बस्नेतले नयाँ गीत बजारमा ल्याएका छन् । नेपाली गीत / संगीतमा विकृति बढेको गुनासो बढिरहेका बेला उनले मौलिक गीत सार्वजनिक गरेका छन् । ‘गुलेली मट्याङ्ग्रा’ बोलको रोमान्टिक गीतमा रामकुमार नेपाली र अन्जु पन्तलाई सुन्न सकिन्छ ।

अमेरिकामा बसोबास गर्दै आएका मणिराज नेपाली गीत-संगीतमा सक्रिय छन् । उनका यसअघि ‘हारे आज’, ‘माया पिरती’ लगायतका गीत लोकप्रिय छन् । सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिव परियार, हेमन्त शर्मा लगायतका गायक गायिकासँग काम गरिसकेका बस्नेतले यसपटक भने अन्जु पन्त र रामकुमार नेपालीसँग काम गरेका छन् ।

‘स्याड सङ्’मा लोकप्रिय बस्नेत यहि गीत मार्फत पहिलो पटक रामान्टिक गीत लेखनमा देखिएका छन् । रामकुमार नेपालीले संगीत गरेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । सार्वजनिक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । मेनुका बस्नेतले निर्माण गरेको म्यूजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा रियासा दाहाल र पुष्प खड्काले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर