डा. डीआर उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी — OSNepal

डा. डीआर उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी

Kesh Karki (USA) May 04, 2025 0

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले मानार्थ विद्यावारिधी (D.Litt) प्रदान गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा उनलाई साहित्य क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त उपाधि प्रदान गरिएको हो।

समाजशास्त्रमा सन् २००० मा विद्यावारिधी गरेका डा. उपाध्यायलाई यसअघि पनि अमेरिकालगायत विश्वका विभिन्न सात विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरिसकेका छन्। यो उनको आठौं मानार्थ विद्यावारिधी हो।

गीत, साहित्य र विविध सिर्जनात्मक विधामा उल्लेखनीय योगदान दिएका डा. उपाध्यायले हालसम्म १५३ विश्व कीर्तिमान कायम गरिसकेका छन्। उहाँका एक दर्जनभन्दा बढी उपन्यास, तीनवटा गीति पुस्तक र ३६ वटा एल्बम सार्वजनिक भइसकेका छन्। साथै, दुई सय पचासको हाराहारीमा गीत सिर्जना गरिसकेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक भइसकेका छन्।

समारोहमा डा. उपाध्यायसहित अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधीको प्रमाणपत्र प्रदान गरिएको थियो। उहाँको नयाँ उपन्यास ‘आशक्ति’ प्रकाशनको तयारीमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर