साथीलाई छुरी हान्ने हत्याराको पर्दाफास,छुरी हानेर भाग्नुको कारण यस्तो रहेछ — OSNepal

साथीलाई छुरी हान्ने हत्याराको पर्दाफास,छुरी हानेर भाग्नुको कारण यस्तो रहेछ

LC (KTM) May 17, 2021 0

मोरंग । मोरङको लेटाङमा एक युवाको छुरा प्रहार गरेर हत्या गरिएको छ।लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको छुरा प्रहारबाट मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले आपसी विवादका क्रममा शुक्रबार राति रोमनमाथि छुरा प्रहार गरेका हुन्।लेटाङकै त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद रोमनसँग भएको थियो। विवादकै क्रममा दुईजनाले छुरा प्रहार गरेको जनाइएको छ ।

घाइतेलाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय लेटाङको टोलीले घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ। मृतकको दिदिले घटनाको बिषयमा भाबुक भएर आफ्ना कुरा राखेकी छिन ,तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर