भिम चापागाईंको आवाजमा ‘मायाको हाँसो’ सार्वजनिक, प्रेम र मिठासले भरिएको गीतले पाउँदैछ प्रशंसा — OSNepal

भिम चापागाईंको आवाजमा ‘मायाको हाँसो’ सार्वजनिक, प्रेम र मिठासले भरिएको गीतले पाउँदैछ प्रशंसा

Kesh Karki (USA) May 05, 2025 0

काठमाडौं । गायक भिम चापागाईंको स्वरमा सजिएको नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक भएको छ। प्रेम, सम्बन्ध र रमाइलो भावनाले भरिएको यस गीतले छोटो समयमै स्रोतामाझ उत्साहजनक चर्चा बटुल्न थालेको छ।

गीतमा शब्द रचना नेत्र अर्यालको रहेको छ भने संगीत तथा एरेन्ज विश्व कीर्तिमानी संगीतकार लक्षु प्रकाश मल्लले गरेका हुन्। मिक्सिङ र माष्टरिङ एचबीएन किस्मतले गरेका छन् भने रेकर्डिङ कार्य १ डिबी स्टुडियोमा राज खड्काले सम्हालेका हुन्। समूह स्वरमा अञ्जन बाबु शर्मा र लक्षु प्रकाश मल्लले साथ दिएका छन्।

‘मायाको हाँसो’ को अडियो तथा भिडियो ‘Bhim Chapagain Official’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियो पक्षमा पनि गीतले उत्कृष्टता देखाएको छ। भिडियोलाई अशोक बीकेले निर्देशन गरेका छन् भने मिलन विश्वकर्माले सम्पादन गरेका छन्। नवराज उप्रेतीले सिनेमाटोग्राफीमार्फत दृश्यलाई जीवन्त बनाएका छन्।

भिडियोमा पुष्प खड्का र आयुषा क्षेत्री प्रेमिल जोडीको भूमिकामा देखिएका छन्। उनीहरूको स्वाभाविक अभिनयले गीतको भावलाई थप सशक्त बनाएको छ। मेकअप आर्टिस्ट विमला तामाङको समेत विशेष योगदान रहेको छ भने सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य ड्रागन पिक्चर्सले सम्हालेको हो।

‘मायाको हाँसो’ ले गीत र भिडियो दुवै पक्षमा समर्पण र शुद्ध भावनाको प्रस्तुतिसँगै नेपाली गीत-संगीत क्षेत्रमा नयाँ उचाइ लिने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर