लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक, गाउँले प्रेमकथा समेटिएको भिडियोसहित — OSNepal

लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक, गाउँले प्रेमकथा समेटिएको भिडियोसहित

Kesh Karki (USA) May 06, 2025 0

काठमाडौं । नेपाली लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । सुदिप अधिकारी र शान्ती श्री परियारको सुमधुर स्वरमा सजिएको गीतले गाउँले परिवेशमा युवा–युवतीबीचको प्रेम कथा चित्रण गरेको छ ।

गीतमा शब्द तथा संगीत सुदिप अधिकारीको रहेको छ भने संगीत संयोजन कमल सौरागले गरेका छन् । कुमार राना मगरको मिक्सिङ र मास्टरिङ रहेको गीत खुमन राना र सुमन रानाको रेकर्डिङमार्फत तयार भएको हो ।

सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय रहेको छ । सुदिप बरालले खिचेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।

लेकबेसी, गोठालो, पँधेरो लगायतका ग्रामीण जीवनशैली झल्काउने दृश्यसहित तयार पारिएको भिडियोमा प्रेममा रहेको जोडीको मिलन, वियोग र प्रेमिल भावना सजीव रुपमा प्रस्तुत गरिएको छ । भिडियोले गाउँको सरल जीवनशैलीसँगै प्रेमको गहिराइलाई पनि उजागर गर्ने प्रयास गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर