आजको विस्तृत राशिफल: २४ बैशाख २०८२, बुधवार — OSNepal

आजको विस्तृत राशिफल: २४ बैशाख २०८२, बुधवार

Kesh Karki (USA) May 07, 2025 0

🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन तपाईंको लागि फलदायी रहनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ र आफन्तहरूको सहयोग प्राप्त हुनेछ। पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग रातो र शुभ अंक ५ हो।

🐂 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आजको दिनमा स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। चोर तथा अग्निको भय रहन सक्छ, र मुद्दा मामिलामा झन्झट हुनसक्छ। धन तथा प्रतिष्ठामा हानी हुनसक्छ, सतर्क रहनुहोस्।

👯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आत्मबलमा वृद्धि हुनेछ। मनमा दुविधा उत्पन्न भए जानकारको सल्लाह लिनुहोस्। अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। यात्रा अनुकूल रहनेछ। आजको शुभ रंग हरियो र शुभ अंक ३ हो।

🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कार्यक्षेत्रमा बोलिको प्रभावले कार्य सिद्ध हुनेछन्। पशुपालन र कृषि क्षेत्रबाट लाभ मिल्नेछ। शारीरिक ऊर्जामा वृद्धिको लागि योग र व्यायामको सहारा लिनुहोस्। आजको शुभ रंग सेतो र शुभ अंक ४ हो।

🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मानसम्मानमा वृद्धि हुनेछ। शैक्षिक योग्यताले समाजलाई दिशा निर्देशन गर्नुपर्ला। हतारमा निर्णय नलिनुहोला। समयको गम्भीरतालाई बुझ्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग रातो र शुभ अंक १ हो।

🌾 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

प्राविधिक समस्याले कार्यक्षेत्रमा बाधा आउनेछ। परिस्थितिले गर्दा कार्यक्षेत्रमा पछि परिनेछ। सैद्धान्तिक विषयमा पक्ष सबल रहनेछ। खर्चमा वृद्धिले मन अशान्त रहनेछ। आजको शुभ रंग हरियो र शुभ अंक ३ हो।

⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

संगीत वा कलाको क्षेत्रमा सफलता मिल्ला। परिस्थितिसँग सम्झौता गरेर अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग सेतो र शुभ अंक ६ हो।

🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यापार व्यवसायभन्दा सेवा मुलुक कार्यमा सफलता मिल्नेछ। पिताको सहयोगले बिग्रिएको कार्य बन्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। आजको शुभ रंग रातो र शुभ अंक ८ हो।

🏹 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। सहयोगीहरूले राम्रो सहयोग दिनेछन्। धर्मकर्ममा र सांस्कृतिक कार्यमा सहभागी भइएला। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो र शुभ अंक ७ हो।

🐐 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

व्यापार व्यवसायमा नयाँ निर्णय लिनको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। विदेशबाट शुभ सूचना मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो र शुभ अंक ३ हो।

🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

जीवन साथीसँग मनोरञ्जनात्मक समय बित्नेछ। अध्ययन अध्यापनमा सफलता पाइनेछ। सानो खर्चले ठूलो लाभ लिन सकिएला। आजको शुभ रंग निलो र शुभ अंक ८ हो।

🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

प्रतिस्पर्धामा सफलता पाइनेछ। नयाँ नोकरीको अवसर मिल्नेछ। नोकरी वा पेशामा आफ्नो योग्यताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। कलात्मक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो र शुभ अंक २ हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर