मिलन चाम्सको निर्देशनमा बन्ने ‘सुम्निमा’मा उपासना सिंह ठकुरी मुख्य भूमिका मा, युकेमा अडिसन खुला — OSNepal

मिलन चाम्सको निर्देशनमा बन्ने ‘सुम्निमा’मा उपासना सिंह ठकुरी मुख्य भूमिका मा, युकेमा अडिसन खुला

Kesh Karki (USA) May 07, 2025 0

काठमाडौं – चर्चित निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सुम्निमा’ मा अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। प्रेमकथामा आधारित यस फिल्म नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण गरिनेछ।

फिल्ममा उपासना ठकुरीको जोडीका लागि युकेमा बसोबास गर्ने २० देखि २६ वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गर्दै अडिसन आह्वान गरिएको छ। फिल्मको कास्टिङ यथासक्य अन्तर्राष्ट्रिय गुणस्तरमा हुने निर्देशक चाम्सले जानकारी दिए।

निर्देशक चाम्सका अनुसार ‘सुम्निमा’ युनिभर्सल कथावस्तुमा आधारित छ र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर तयार पारिनेछ। फिल्मको छायांकन नेपाल र बेलायतमा सन् २०२५ को जुलाईदेखि सुरु हुने बताइएको छ।

चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्सको संयुक्त ब्यानरमा बन्ने यो फिल्म चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हुनेछ। फिल्ममा राजीव थापाले कथा तथा पटकथा लेखेका छन्। हालै सार्वजनिक चाम्स निर्देशित बायोपिक ‘अञ्जिला’ ले ५१ दिनको सफल प्रदर्शन पुरा गरिसकेको छ, जसले निर्देशकलाई थप उत्कृष्ट प्रोजेक्ट निर्माणको चुनौती दिएको छ।

‘सुम्निमा’ उत्कृष्ट हुने विश्वास व्यक्त गर्दै निर्देशक चाम्सले भने, “कथा राम्रो छ, टिम पनि सक्षम छ, हामीले विशेष मेहनत गरेर यो फिल्मलाई स्तरिय बनाउने छौं।” फिल्मको अन्य कलाकार तथा प्राविधिकबारे जानकारी छायांकन सुरु हुनु अघि सार्वजनिक गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर