स्थापनाको ६५ बर्षपछि शिर मेमोरियल अस्पतालमा सिटी स्क्यान सेवा — OSNepal

स्थापनाको ६५ बर्षपछि शिर मेमोरियल अस्पतालमा सिटी स्क्यान सेवा

LC (KTM) May 08, 2025 0

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको सबैभन्दा पुरानो शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालमा ‘सिटी स्क्यान मेसिन’बाट सेवा दिइने भएको छ । यसका लागि एक कार्यक्रमबीच अस्पताल स्थापनाको ६५ वर्षपछि १२८ स्लाइटको सिटी स्क्यान मेसिन राखिएको हो ।

उक्त मेसिन चार लाख ६० हजार अमेरिकी डलरमा खरिद गरी जडान गरिएको छ । जेनेटरसहित सिटी स्क्यान मेसिनको मूल्य नेपाली रु सात करोड ५० लाख खर्चिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा हेक्टर गायरसले जानकारी दिनुभयो ।

रोटरी फाउन्डेसन, रोटरी क्लब अफ कुपन्डोल र रोटरी क्लब अफ काभ्रेपलाञ्चोकको विशेष समन्वय र सहयोगमा ग्लोबल ग्रान्ड फन्डमार्फत रोटरियन तथा विभिन्न क्लब, सङ्घसंस्था र व्यक्तिको सहयोगबाट मेसिन खरिद गरिएको उहाँले बताउनुभयो । यसअघि रोटरीमार्फत उक्त अस्पतालमा डाइलासिस मेसिन उपलब्ध गराइएको थियो । अस्पताल १५० शय्या क्षमताको हो

उक्त मेसिन सञ्चालनमा आवश्यक व्यवस्थापनका लागि अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीबाट अस्पताललाई एक महिनाको पारिश्रमिकसमेत उपलब्ध गराइएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा गायरसले सिटी स्क्यान मेसिन बिरामीको उपचार सेवामा अस्पतालका लागि अत्यावश्यक तथा महत्वपूर्ण हुने र अब पैसा नहुने बिरामीलाई पनि सेवा प्रदान गरिने बताउनुभयो । बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेले आज सिटी स्क्यान मेसिनको शुभारम्भ गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर