मनमोहन शिक्षण अस्पताल स्वयम्भु र जन कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिंगको संयुक्त आयोजनामा यही बैशाख २७ गते शनिबार १ दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम मलेखु, धादिंगमा हुँदैछ। उक्त शिविरमा अस्पतालका सिनियर डा. मनोर दिन सैयद (स्त्री तथा प्रसूति) को नेतृत्वमा डा. इबराज सिम्खडा (फिजिसियन/रेडियोलोजी), डा. दिबित अधिकारी (नाक, कान, घाँटी), डा. राजेन्द्र ढुंगाना (जनरल मेडिसिन), डा. सन्नी कुसवाहा, डा. आलोक गौतम, पदम खड्का (फार्मेसी), सुनिला श्रेष्ठ (नर्सिङ), सुजिता गिरि (नर्सिङ), रञ्जित गिरी (फार्मेसी/व्यवस्थापन) सहितको टोलीले सेवा प्रदान गर्ने अस्पतालका मेडिकल निर्देशक डा. निराजन सुबेदीले बताउनु भयो।
देशका दूरदराज ठाउँहरू पुगेर नि:शुल्क स्वास्थ्य शिविर र सामाजिक कार्यहरू गरी चर्चामा आउन सफल डा. सैयदले शिविरबाट भरमग्दुर फाइदा उठाउन स्थानीयहरूलाई आह्वान गर्नुभएको छ। वैशाख पहिलो हप्ता मात्रै सामाजिक शिलशिलामा जाजरकोट पुगेको डा. सैयदको टोलीले जेठको दोस्रो साता पनि धादिंगकै विकट स्थानमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिने समेत जानकारी प्राप्त भएको छ।
शिविरमा लाभान्वित हुने व्यक्तिहरूलाई थप उपचार र अनुसन्धानको लागि मनमोहन अस्पताल आउन परेमा विशेष छुटको व्यवस्था गरिएको अस्पताल व्यवस्थापक सञ्जिव कंडेलद्वारा जानकारी प्राप्त भएको छ।