काठमाडौं । शान्तिश्री परियार र शिवम् भण्डारीको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘राख मनैमा’ सार्वजनिक भएको छ । दिवस नाथ र शिवम् भण्डारीको संयुक्त शब्द रचनामा तयार भएको गीतमा संगीत पनि शिवम् स्वयंले दिएका छन् । गीतको मिक्सिङ र माष्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।
गीतको भिडियो पनि साथमै सार्वजनिक गरिएको छ जसको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका छन् । भिडियोमा जुना विश्वकर्मा र दिवस नाथलाई फिचर गरिएको छ । छायांकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन र कलरिङको जिम्मा मनोज कार्कीले सम्हालेका छन् ।
दिवसको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘राख मनैमा’ गीतमा मायालुलाई सधैंका लागि मनमा राख्न आग्रह गरिएको भाव व्यक्त गरिएको छ । गीतमा प्रयोग गरिएका लोकल र टिपिकल शब्दहरूले यसको मौलिकता झल्काएका छन् ।
“हामी सबैको मिहिनेतले एउटा राम्रो गीत श्रोता/दर्शकमाझ ल्याएका छौं, सबैले मन पराइदिनुहुनेमा आशावादी छौं,” दिवस नाथले प्रतिक्रिया दिएका छन् ।