काठमाडौं – नेपाली कला क्षेत्रमा योगदान दिँदै अपार माया कमाएका केही चर्चित कलाकारहरुले जीवनको कलिलो उमेरमै संसारबाट बिदा लिएका छन्। कसैले अकस्मात स्वास्थ्य समस्याका कारण ज्यान गुमाए भने कसैले आत्महत्याजस्तो पीडादायी बाटो रोजे। यी कलाकारहरूको असामयिक निधनले उनीहरूका परिवार, सहकर्मी र प्रशंसकलाई स्तब्ध बनाएको छ।
वि.सं. २०७१ साल साउन २५ गते लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको थियो। विवाह भएको केही हप्तामै स्वास्थ्यमा समस्या देखिएपछि पत्नी तथा अभिनेत्री स्वेता खड्कासँग भारतको दिल्ली उपचारका लागि गएका श्रेष्ठले केही समयपछि त्यहीँ अन्तिम सास लिएका थिए। उनको निधनको बेला उनी अभिनीत फिल्म ‘कोहिनुर’ प्रदर्शनमा थियो, जुन फिल्मले ऐतिहासिक सफलता पाएको थियो।
यस्तै, नेपाली र्याप सङ्गीतमा पृथक पहिचान बनाएका कलाकार यम बुद्ध (अनिल अधिकारी) ले पनि २९ वर्षको उमेरमै संसार छाडे। २०७३ सालमा बेलायतस्थित आफ्नै निवासमा मृत फेला परेका उनको निधन आत्महत्या भएको बताइएको थियो।
केही दिन अघि मात्रै अभिनेत्री तथा निर्माता जेनी कुँवरको आत्महत्याले समेत नेपाली मनोरञ्जन क्षेत्रलाई मर्माहत बनाएको छ। उनका सहकर्मी र प्रशंसक अझै पनि सो घटनाबाट सम्हालिन सकेका छैनन्।
यस्ता कलाकारहरूले कला, संगीत, अभिनय र सामाजिक योगदानमार्फत आफूलाई अमर बनाए पनि उनीहरूको असामयिक निधनले नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पु¥याएको छ। यीमध्ये धेरैको मृत्यु आत्महत्या, स्वास्थ्य समस्या वा अन्य अप्रत्याशित कारणले भएको हो।
नेपालमा आत्महत्या, मानसिक स्वास्थ्य समस्या र कलाकारको मनोवैज्ञानिक अवस्था विषयमा गम्भीर छलफल र सहयोगको खाँचो रहेको यसले पुनः उजागर गरेको छ।
यहाँ नेपाली कला क्षेत्रले कलिलो उमेरमै गुमाएका १५ चर्चित कलाकारहरूको सूची प्रस्तुत गरिएको छ, जसको असामयिक निधनले देशभरका दर्शक–श्रोतालाई गहिरो पीडा दिएको थियो:
१. श्रीकृष्ण श्रेष्ठ
२. यम बुद्ध (अनिल अधिकारी)
३. जेनी कुँवर
४. आलोक नेम्वाङ
५. श्रीकृष्ण शाही ‘बिरामी बा’
६. अभिषेक सुब्बा
७. निलु डोमा शेर्पा
८. पुकार बम
९. विशाल बाबु थापा
१०. संगीता श्रेष्ठ
११. डा. सुनिल पोखरेल
१२. ‘मुन्द्रे’को भाइ अर्जुन नेपाल
१३. सञ्जु श्रेष्ठ
१४. सुरज कुमार थापा
१५. रमेश सैजू
यी कलाकारहरूको असामयिक निधनले नेपाली मनोरञ्जन उद्योगमा ठूलो खालीपन सिर्जना गरेको छ। उनीहरूले छाडेका सिर्जना र योगदान सधैं स्मरणीय रहनेछन्। कला क्षेत्रभित्र मानसिक स्वास्थ्य, सामाजिक समर्थन, र संरचनात्मक सुधारको खाँचो अझै तीव्र रूपमा देखिएको छ।