जनकपुरधाम, २८ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सुरु भएको छ। धनुषास्थित महेन्द्रनारायण निधी सांस्कृतिक भवनको सभा हलमा आयोजित कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको खुला सत्र उद्घाटन गरेका हुन्।
महाधिवेशनमा सातै प्रदेशबाट करिब तीन सय प्रतिनिधिहरूको सहभागिता रहेको महाधिवेशन आयोजक समितिले जानकारी दिएको छ।
पार्टी प्रचार विभागका अनुसार महाधिवेशनको बन्द सत्र सोमबार हुनेछ, जसबाट संगठनको नयाँ केन्द्रीय समिति चयन गरिनेछ।