नेपाल मेडिकल कलेजद्वारा चिकित्सक तथा अन्य पदका लागि दरखास्त आह्वान — OSNepal

नेपाल मेडिकल कलेजद्वारा चिकित्सक तथा अन्य पदका लागि दरखास्त आह्वान

Kesh Karki (USA) May 11, 2025 0

काठमाडौं — काठमाडौंको अत्तरखेलमा अवस्थित नेपाल मेडिकल कलेजले विभिन्न विशेषज्ञ चिकित्सक तथा प्राविधिक पदका लागि जनशक्ति माग गरेको छ। कलेजले एक सूचना प्रकाशित गर्दै प्राध्यापक, सह–प्राध्यापक, सहायक प्राध्यापक र लेक्चर पदमा योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो।

विशेषगरी नवजात विज्ञान, इन्टर्नल मेडिसिन, छाला रोग, बाल रोग तथा फोरेन्सिक मेडिसिनका लागि विशेषज्ञ चिकित्सक माग गरिएको कलेजले जनाएको छ। साथै, सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट, स्टोर असिस्टेन्ट र रेडियो असिस्टेन्ट पदमा पनि जनशक्ति आवश्यक रहेको सूचनामा उल्लेख छ।

इच्छुक तथा योग्य उम्मेदवारले आफ्नो व्यक्तिगत बायोडाटा जेठ ३ गतेभित्र ईमेलमार्फत पेश गर्न सक्नेछन्। कलेजले आफ्नो स्वास्थ्य सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउनका लागि दक्ष जनशक्ति आवश्यक परेको जनाएको छ।

थप जानकारीका लागि कलेजको आधिकारिक सूचना हेर्न अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर