काठमाडौं, वैशाख २८ — विद्युतीय सवारी साधन क्षेत्रमा सक्रिय कायी नेपालले आफ्नो ‘KAIYI XChange Carnival 2082’ को अवधि २९ वैशाख २०८२ (मे १२, २०२५) सम्मका लागि विस्तार गरेको छ। ग्राहकको अत्यधिक सहभागिता र चासोलाई ध्यानमा राख्दै कम्पनीले थप एक दिनको लागि एक्सचेन्ज मेला थपेको हो। कार्यक्रम थापाथलीस्थित कायी शोरुम नजिकै (ह्युन्डाई शोरुमको ठीक अगाडि) बिहान १० बजे देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमका विशेषताः
EV मा अपार लाभ
Kaiyi को प्रमुख X3 Pro EV SUV को मूल्य ४३.९६ लाख रुपैयाँदेखि सुरु हुन्छ, जहाँ ६ लाख ५ हजार रुपैयाँसम्मको लाभ उपलब्ध छ। कार्यक्रममा e-Qute 02, e-Qute 04 र X3 Pro EV जस्ता अत्याधुनिक मोडेलहरू प्रदर्शनीमा राखिएका छन्।
मनोरञ्जन र परिवारका लागि रमाइलो
सिर्फ अफर मात्र होइन, कार्यक्रम भरिभराउ मनोरञ्जनले पनि भरिएको छ। RC कार रेसिङ, LEGO खेल क्षेत्र, 360° सेल्फी क्यामेरा, स्पीड क्याचर गेम लगायतका रमाइला गतिविधिहरूले परिवारका सबै सदस्यलाई आकर्षण दिनेछ।
Kaiyi नेपालबारे
चीनको सिचुवान प्रान्तस्थित Yibin सहरमा मुख्यालय रहेको Kaiyi Auto विश्वव्यापी रूपमा ICE, हाइब्रिड र EV उत्पादनमा परिचित कम्पनी हो। नेपालमा यसको आधिकारिक वितरक G.O Automobiles Pvt. Ltd र Laxmi E-Mobility Pvt. Ltd हुन्।
थप जानकारीका लागि
KAIYI NEPAL (Laxmi E-Mobility Pvt. Ltd) — नक्साल, काठमाडौं | +९७७-९८०१२०११०३
KAIYI NEPAL (G.O Automobiles Pvt. Ltd) — थापाथली, काठमाडौं | +९७७-९८०१०२००६१ / +९७७-१-५३५८६९२
यस अवसरलाई नछुटाउनुहोस् — एकै ठाउँमा सस्तो मूल्य, उत्कृष्ट अफर, र रमाइलो अनुभव!