हिरा काजी र नागेन्द्रको सहकार्यमा जन्मिएको ‘मिठो धोका’ को सर्वत्र चर्चा, करिब ३ लाखले हेरे भिडियो — OSNepal

हिरा काजी र नागेन्द्रको सहकार्यमा जन्मिएको ‘मिठो धोका’ को सर्वत्र चर्चा, करिब ३ लाखले हेरे भिडियो

LC (KTM) May 17, 2021 0

काठमाडौं– लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएका थापा भर्सटायल व्यक्तित्वको रुपमा परिचित गीतकार हिरा काजी थापाको नयाँ गित ‘मिठो धोका’को म्युजिक भिडियो सार्वजनिक भएको छ । हिराकाजी र बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको गीत रिलिज गरिएसँगै चौतर्फी चर्चा सुरु भएको छ ।

टाढा टाढा धेरै टाढा, चाँदनीमा बग्छ खोला जस्ता कालजयी गीतका गायक वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठ र गीतकार हिरा काजीको जोडीको सहकार्यमा तयार मिठो धोकामा गायिका सुजाता बर्माको आवाज रहेको छ। उदय राज पौडेलको एरेन्ज रहेको गीतमा भद्रजंग कुँवर, समिक्षा पोखरेल, रिया क्षेत्रि, प्रविन डिसी, गोर्खा तिरुवा र गङ्गा कुँवरको अभिनय रहेको छ । ह्यागं इन्टरटेनमेन्टबाट बजारमा आएको भिडियोलाइ निर्माता समेत रहेका हिरा काजी थापाले नै निर्माण तथा निर्देशन गरेका हुन् ।

हिराकाजी र बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको ‘मिठो धोका’ रिलिज गरिएको छोटो समयमा नै करिब ३ लाख दर्शकले हेरिसकेका छन्। ह्यागं इन्टरटेनमेन्टले आगामी दिनहरुमा झनै उत्कृष्ट सांगीतिक कोशेलीहरु पस्किने गीतकार तथा निर्देशक थापाले बताए।

गीतकार थापाका अनुसार ह्यागं इन्टरटेनमेन्टमा बहुचर्चित गायक प्रताप दासको जोगी बोलको गीतको भिडियो दर्शकले केही समयमा नै हेर्न सुन्न पाउने छन्। त्यस्तै बानीका प्रधानको स्वरमा रहेको माली बोलको गीत पनि दर्शकले केही दिन भित्रमा नै हेर्न सक्नेछन्। जसमा शिखर सन्तोषको संगीत तथा फणिन्द्र राईको एरेन्ज रहेको छ। हेर्नुहोस् भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर