पोखरा विकासबारे कास्की कांग्रेसको छलफल, पत्रकारहरूसँग अन्तरक्रिया मंगलबार — OSNepal

पोखरा विकासबारे कास्की कांग्रेसको छलफल, पत्रकारहरूसँग अन्तरक्रिया मंगलबार

Kesh Karki (USA) May 13, 2025 0

पोखरा — ‘पोखरा कस्तो बनाउने ?’ भन्ने विषयमा नेपाली कांग्रेस कास्कीले चरणबद्ध रुपमा छलफल जारी राखेको छ। यसै सन्दर्भमा आगामी वैशाख ३० गते मंगलबार दिउँसो १ बजे पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ।

कार्यक्रम नेपाली कांग्रेस कास्कीको कार्यालय, चिप्लेढुङ्गामा हुनेछ। कांग्रेसले पोखराको समग्र विकास योजनालाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न क्षेत्रका सरोकारवालासँग सुझाव संकलन गरिरहेको छ।

छलफल कार्यक्रममा उपस्थितिका लागि सञ्चारकर्मीहरूलाई आग्रह गरिएको छ।

सम्पर्क: नवीन सिग्देल (सहसचिव एवं प्रवक्ता) – ९८५६०४०३५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर