‘नदीमा तिमी छौ’ गजल सार्वजनिक, बबिना भट्टराईको संगीत र स्वरमा प्रेमको गहिरो भावना — OSNepal

‘नदीमा तिमी छौ’ गजल सार्वजनिक, बबिना भट्टराईको संगीत र स्वरमा प्रेमको गहिरो भावना

Kesh Karki (USA) May 14, 2025 0

काठमाडौं । गजलकार बिनोद खनालको शब्दमा आधारित गजल ‘नदीमा तिमी छौ’ सार्वजनिक भएको छ । गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर र संगीतमा सजिएको यस गजलले प्रेमको गहिरो भावना, समर्पण र आत्मिक सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ ।

लालकाजी श्रेष्ठको एरेञ्ज, नकुल कार्कीको रेकर्डिङ, प्रकाश खरेलको मिक्सिङ–मास्टरिङ रहेको गजलको भिडियो बबिना भट्टराईको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । एजे अजु द्वारा निर्देशित भिडियोलाई अनिल विष्ट प्युठानीले सम्पादन गरेका छन् । भिडियोलाई गजलको आत्मीयता अनुरूप प्रस्तुत गरिँदै बबिनाले नै अभिनय गरेकी छन् ।

संगीत संयोजनमा दीपक सापकोटा (हार्मोनियम), अनिश गन्धर्व (तबला), र सुनिल राई (गितार) को साथ रहेको छ ।

गजलकार बिनोद खनालले पूर्व मुख्यसचिव तथा वरिष्ठ गजलकार डा. भोजराज घिमिरेबाट प्रेरित भई गजल लेखन सुरु गरेको र यो रेकर्डमा आएको पहिलो गजल भएको जानकारी दिएका छन् ।

गायिका बबिना भट्टराईले यो गजललाई स्वर र संगीत दिन पाउनु आफूका लागि सौभाग्यको विषय भएको बताउँदै श्रोता तथा दर्शकको माया पाउनेमा आशावादी रहेको जनाएकी छन् ।

गजलप्रेमीका लागि गहिरो अनुभूति दिने ‘नदीमा तिमी छौ’ प्रेम, प्रतीक्षा, मिलन र समर्पणको भावले भरिएको मार्मिक सृजना बनेको छ ।

बबिना भट्टराई हाल ‘श्री भजन्स्’ युट्युब च्यानलमार्फत भजन गायनमा सक्रिय छिन् भने उनले विभिन्न पारम्परिक, सामाजिक, प्रेमिल र बालगीतहरूमा पनि संगीत र स्वर दिँदै आएकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement