आमाको शरीरमा भुतको आत्मा पसेको छ भनेर छोरा लाई डराएर ५ लाख ठग्ने एक ढोंगी तान्त्रिक प क्राउ — OSNepal

आमाको शरीरमा भुतको आत्मा पसेको छ भनेर छोरा लाई डराएर ५ लाख ठग्ने एक ढोंगी तान्त्रिक प क्राउ

LC (KTM) August 08, 2021 0

भारतको राजस्थानको झुंझुनुमा एउटा हैराननै बनाउने घटना बाहिर आएको छ । एक बिरामी महिलाको छोरा लाई भूतको डर देखाएर एक ढोंगी तान्त्रिकले ५ लाख रुपैया ठगेका छन् । साँचो कुरा थाहा पाए पछि छोराले पुलिसलाई यो घटनाका बारेमा जानकारी दिएका थिए ।

यस घटनामा संलग्न ती तान्त्रिकलाई युपीको मथुरा बाट प क्राउ गरेको छ । साथै उनका अन्य साथीहरुको खोजी भईरहको प्रहरीले जनाएको छ । झुंझुनुको सुरजगढ थाना क्षेत्रको वार्ड २३ मा बस्दै आएका सन्दीप कुमारले पुलिसलाई बताएका छन् कि उनकी आमा बिरामी थिईन् ।

धेरै डाक्टरलाई देखाए पनि उनको आमाको बिरामी निको भएन । यसैबेला कसैले उनलाई सल्लाह दिएकी युपीको मथुरामा बस्ने इलियास नामको एक तान्त्रिक जस्ले ठिक गर्न सक्छन् । यसपछि सन्दीप ति ब्यक्तिलाई भेट्न मथुरा नै पुगेका थिए । इलियासले सन्दीपलाई उनको आमा लाई भुतको आत्मा पसेको बताए ।

यदी उक्त भुतलाई उसको आमाको शरीर बात निकालेन भने ज्यान जाने समेत डर देखाए । ढोंगी तान्त्रिकको कुरा सुनेर छोरा सन्दीप डराए त्यसपछि उनी आमाको बिरामी निको बनाउन जे गर्न पनि तयार भए । ९ फेब्रअरी २०२१ मा इलियास तथा उनका साथी साबुद्धीन तथा अलवरमा रहने २ अन्य साथी उसको घरमा आएका थिए ।

उनीहरुको टिमले बिरामीको इलाज गराउने नाममा अनेकौ पाखण्ड सुरु गरेका थिए । यस दौरानमा इलियासले घरका सबै सदस्यलाई आफुहरुको उपचार बिधि जारी रहुन्जेल सबै परिवारका सदस्यले आँखा चिम्लनु पर्ने नत्र बिरामीलाई ठुलो क्षती हुने डर देखाएका थिए ।

यसका लागि सन्दिपले ५ लाख रुपैया पनि नगद राखेका थिए । जब परिवारका सबै सदस्यले आँखा चिम्लिए तब आगोमा केही हालेपछि घरभरी धुँवा फैलियो जसका कारण परिवारका सदस्य बेहोस भएका थिए । त्यसपछि पैसा लिएर उनी सहितको टीम फरार भएको थियो । उनीहरु होसमा आएपछि आफु लुटिएको थाहा पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर