दुर्गा खरेल र प्रताप दासको स्वरमा ‘ओइ नक्कले’, त्रिकोणात्मक प्रेमकथा बोकेको गीत सार्वजनिक — OSNepal

दुर्गा खरेल र प्रताप दासको स्वरमा ‘ओइ नक्कले’, त्रिकोणात्मक प्रेमकथा बोकेको गीत सार्वजनिक

Kesh Karki (USA) May 15, 2025 0

काठमाडौं । गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा सजिएको नयाँ गीत ‘ओइ नक्कले’ सार्वजनिक भएको छ। सुमन पण्डित ‘बैरागी’को शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतलाई डिभाइन म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा त्रिकोणात्मक प्रेमकथालाई भावनात्मक शैलीमा चित्रण गरिएको छ। भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र कबिता नेपालीको दमदार अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबीचको प्रेम, भावना र द्वन्द्वलाई गीतमार्फत प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ।

गीतको निर्देशन माइकल चन्दले गरेका हुन् भने छायाँकन उत्सव दाहालको रहेको छ। कोरियोग्राफी सञ्जय विश्वकर्माले गरेका छन् भने सम्पादन शिलन लम्सालले गरेका हुन्। आकर्षक लोकेशन र सशक्त अभिनयले भिडियो झनै प्रभावशाली बनेको छ।

अष्ट्रेलियामा बसोबास गरिरहेका अभिनेता सुशान्त कार्की विशेष रूपमा यस गीतको छायाँकनका लागि नेपाल आएका थिए। छायाँकन झन्डै ६ महिना अघि सम्पन्न भए पनि गीत हाल मात्र सार्वजनिक गरिएको हो। सार्वजनिक भएलगत्तै ‘ओइ नक्कले’ले दर्शकहरूको ध्यान खिच्न सफल भएको छ। संगीत, शब्द, स्वर र अभिनयको सन्तुलित संयोजनले गीतलाई उत्कृष्ट बनाएको दर्शकहरूले प्रतिक्रिया दिएका छन्।

यो गीत सुमन र अर्जुनको चौथो सहकार्य हो, जसले पुनः एकपटक श्रोतामाझ प्रभावशाली उपस्थिति जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *