गायिका एलिना चौहान आमासहित पोखरामा, गण्डकी शतकुण्डीय कोटिहोममा विशेष प्रस्तुती — OSNepal

गायिका एलिना चौहान आमासहित पोखरामा, गण्डकी शतकुण्डीय कोटिहोममा विशेष प्रस्तुती

Kesh Karki (USA) May 15, 2025 0

पोखरा – लोकप्रिय गायिका एलिना चौहान यतिबेला आमासहित पोखरामा छिन्। उनी पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विशेष प्रस्तुती दिन पुगेकी हुन्।

महायज्ञमा भक्तजनको उल्लेख्य सहभागिता देखिएको समयमा गायिका चौहानको प्रस्तुतीले कार्यक्रमलाई अझ भव्य बनाउने अपेक्षा गरिएको छ। उनी पोखरा विमानस्थलमा अवतरण गरेलगत्तै कार्यक्रम स्थल पुगेकी थिइन्।

गायिका चौहानले सामाजिक सञ्जालमार्फत सबैलाई कार्यक्रममा उपस्थित भई पुण्य कमाउन आह्वान गरेकी छन्। पोखरामा जारी यस धार्मिक अनुष्ठानमा सहभागिता जनाउने भक्तजनको संख्या दिनप्रतिदिन बढ्दै गएको आयोजकले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर