स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखाहरू सञ्चालनमा — OSNepal

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखाहरू सञ्चालनमा

Kesh Karki (USA) May 15, 2025 0

स्याङ्जा – ग्रामिण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाका दुई स्थान—विरुवा र अर्जुनचौपारीमा नयाँ शाखा कार्यालयहरूको सञ्चालन थालेको छ।

विरुवा शाखाको समुद्घाटन कार्यक्रम विरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर र विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा गर्नुभयो। यस्तै, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र अध्यक्ष खाँडले संयुक्त रूपमा गर्नुभयो।

समुद्घाटन कार्यक्रममा गाउँपालिका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका सदस्य, स्थानीय व्यापारी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार, नयाँ शाखाहरू सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, व्यवसायिक फर्म तथा संघसंस्थाहरूलाई अझ सुलभ, प्रभावकारी र उत्कृष्ट सेवा प्रदान गरिनेछ। साथै, यसले स्थानीय आर्थिक विकासमा थप टेवा पुर्‍याउने विश्वास गरिमा विकास बैंकले व्यक्त गरेको छ।

हाल बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, र ५० एटिएम मेसिनमार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर