अमेरिकाको भिसा लागेपछि युवती भेट्न गएका युवक होटलमै फसे, प्रहरी चकित — OSNepal

अमेरिकाको भिसा लागेपछि युवती भेट्न गएका युवक होटलमै फसे, प्रहरी चकित

Kesh Karki (USA) May 15, 2025 0

काठमाडौं – अमेरिकाको भिसा लागेको खुसी बाँड्न युवती भेट्न गएका एक युवक ठगीको फन्दामा परेका छन्। डेढ महिनादेखि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सम्पर्कमा रहेका युवक सविन (नाम परिवर्तन) र ‘सक्रिया खनियाँ’ नाम गरेकी युवतीबीच सुरुमा सामान्य चिनजान हुँदै गहिरो अन्तरङ्ग सम्बन्धसम्म पुगेको थियो।

टोखा बसोबास गर्ने बताउने सक्रियाले आफू “राम्रो युवकको खोजीमा” रहेको भन्दै सविनसँग भर्चुअल माया–प्रेमको संवाद सुरु गरेकी थिइन्। नियमित कुराकानीपछि प्रत्यक्ष भेटघाट गर्ने सहमति भएपछि उनीहरूले काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीको एक होटलमा भेट्ने निर्णय गरे।

भेटको दिन, २७ वैशाखमा सविन आफ्ना साथी लिएर होटल पुगेका थिए भने युवती सक्रिया पनि आफ्नो साथी कविता राईसँग पहिल्यै होटल पुगिसकेकी थिइन्। तर, भेटघाटको नाममा योजनाबद्ध रूपमा युवकलाई फसाउने योजना बनाएर आएका युवतीहरूले होटलमा अनावश्यक विवाद सिर्जना गरेपछि होटल सञ्चालक र प्रहरी दुवै चकित बने।

घटनापछि युवतीहरूको गतिविधिबारे शंका लागेपछि प्रहरीलाई बोलाइएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा युवतीहरूले यसअघि पनि युवाहरूलाई सामाजिक सञ्जालबाट जालसाजीमा पारेर यस्तै गतिविधि गर्दै आएको पाइएको छ।

हाल प्रहरीद्वारा थप अनुसन्धान भइरहेको छ। यस्ता घटना दोहोरिन नदिन सर्वसाधारणलाई सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग सावधानीपूर्वक व्यवहार गर्न प्रहरीले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर