देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण : उर्जामन्त्री खड्का — OSNepal

देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण : उर्जामन्त्री खड्का

Kesh Karki (USA) May 15, 2025 0

काठमाडौं – उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) मार्फत पनि देशको उर्जा क्षेत्रमा ठूलो योगदान सम्भव रहेको उल्लेख गरे।

उर्जामन्त्रालयमा बिहीबार सम्पन्न भेटघाटमा मन्त्री खड्काले एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, तथा सांसदहरू देवी भट्टचन र जीत सेरचनसँग भेट गरेका थिए।

भेटका क्रममा मन्त्री खड्काले आफूले उर्जामन्त्रालयको नेतृत्व सम्हालेयता जलविद्युत् क्षेत्रमा उल्लेखनीय प्रगति भएको जानकारी दिए। सरकारको नीति निजी क्षेत्रलाई प्रोत्साहन गर्ने रहेको भन्दै उनले नव निर्वाचित एनआरएन अध्यक्ष श्रेष्ठको नेतृत्वलाई बधाई समेत दिए। उनले एनआरएनसँग मिलेर देशको विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उर्जा क्षेत्रमा अपार सम्भावना रहेको भन्दै नीतिगत सुधार गरेर निजी क्षेत्रका लागि वातावरण सहज बनाउनुपर्ने सुझाव दिए।

एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठले विदेशमा बस्ने नेपालीहरूले आर्जन गरेका सीप, ज्ञान र पुँजीलाई जलविद्युत् क्षेत्रमा लगानी गर्न सकिने भन्दै आवश्यक नीतिगत सुधार भएमा एनआरएनमार्फत ठूला परियोजनाहरू अघि बढ्न सक्ने धारणा राखे। उनले आगामी दिनमा जलविद्युत् क्षेत्रमा सक्रियताका साथ काम गर्ने योजना रहेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर