भारतीय वनमन्त्री यादव नेपालमा — OSNepal

भारतीय वनमन्त्री यादव नेपालमा

LC (KTM) May 15, 2025 0

काठमाडौँ, १ जेठः भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ ।

उहाँ सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको हो । आज अपराह्न काठमाडौँ आइपुग्नुभएका मन्त्री यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नुभएको थियो ।

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर