यम बराल र दिपाश्री निरौलाको मुख्य भूमिका रहेको ‘राम प्यारी’ म्युजिक भिडियो सार्वजनिक — OSNepal

यम बराल र दिपाश्री निरौलाको मुख्य भूमिका रहेको ‘राम प्यारी’ म्युजिक भिडियो सार्वजनिक

LC (KTM) May 16, 2025 0

काठमाडौँ । गायक यम बरालको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक भएको छ । भिडियोमा गायक यम बराल र अभिनेत्री दिपाश्री निरौलाको मुख्य भूमिका रहेको छ । यम्मी इन्टरटेनमेन्ट र ई ग्लोबलकाे प्रस्तुति रहेको यो म्युजिक भिडियोलाई प्रेम लामाले निर्देशन गरेका हुन् ।

सार्वजनिक भिडियोमा यम बराल र दिपाश्री निरौलालाई देख्न सकिन्छ । भिडियोमा प्रेम र मनोरञ्जनको मिश्रण प्रस्तुत गरिएको छ । गीतमा यम बरालको सुमधुर स्वर सुन्न सकिन्छ भने यसको शब्द डिपी खनालले लेखेका हुन् र सङ्गीत शङ्कर थापा स्माइलले तयार पारेका हुन् । सङ्गीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।

म्युजिक भिडियोमा माया स्याङ्बो र रेजिना खत्रीको शृङ्गार देख्न सकिन्छ । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । गीताञ्जली शर्मा निर्मात्री रहेको यो भिडियोको छायाङ्कन र निर्देशन प्रेम लामाले गरेका हुन् भने दिपेश एसकेको कोरियोग्राफी रहेको छ ।‘राम प्यारी’ अहिले युट्युब लगायत विभिन्न डिजिटल प्लेटफर्महरूमा हेर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर