‘साकेला जाउँ’ गीतको भिडियो सार्वजनिक, किराँत संस्कृतिको झल्को — OSNepal

‘साकेला जाउँ’ गीतको भिडियो सार्वजनिक, किराँत संस्कृतिको झल्को

Kesh Karki (USA) May 16, 2025 0

काठमाडौँ । गायक राजेश पायल राई र मेलिना राईको स्वरमा रहेको ‘साकेला जाउँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । किराँत समुदायको पितापुर्खाको सम्झना, उनीहरूबाट आशिर्वाद ग्रहण गर्ने परम्परा तथा जन्मदेखि मृत्युसम्म गरिने संस्कार समेटिएको गीतले सांस्कृतिक पहिचान झल्काएको छ ।

दक्षिण राईको संगीत र सागर संसार राईको एरेन्जमा तयार पारिएको गीतको भिडियो उँभौली पर्वको अवसर पारेर सार्वजनिक गरिएको हो । सङ्खुवासभाका किराँत युवाहरूको अगुवाइमा तयार पारिएको भिडियोको छायांकन गंगाराम राईले गरेका हुन् भने युवराज राई र सरस्वती राई निर्माता रहेका छन् ।

भिडियो सम्पादन जोन राईले गरेका छन् । अभिनयमा जोन राई र मनिसा राई देखिएका छन् । रचनाकार युवराज राईका अनुसार किराँत समुदायभित्र २८ भन्दा बढी भाषिक समुदाय रहेका छन् र यस गीतमार्फत त्यो विविधता पनि उजागर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement