प्रहरीलाई शङ्का लागेर चेकजाच गर्दा भारतीय मोटरसाइकलसहित समातिए रामकरण के रहेछ उनिसँग — OSNepal

प्रहरीलाई शङ्का लागेर चेकजाच गर्दा भारतीय मोटरसाइकलसहित समातिए रामकरण के रहेछ उनिसँग

LC (KTM) May 17, 2021 0

सर्लाही, ३ जेठ – जिल्लाको ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवालका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवाल र प्रहरी चौकी फुलजोरको संयुक्त गस्ती टोलीले शङ्का लागि जाँच गर्दा महतोको साथबाट एकथान मोबाइल, एक थान नकाब, रातिको समयमा प्रहरीले लगाउने जस्तो रङको ज्याकेट एक थान र विआर ३० यु ७७७३ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर