रिचमन्ड, क्यालिफोर्निया – नेपाली समुदायको पहिचान, एकता र आस्थालाई मजबुत बनाउन क्यालिफोर्नियास्थित नेपाली कम्युनिटी सेन्टरले आगामी जुन ७ देखि १५, २०२५ सम्म धार्मिक महोत्सव आयोजना गर्ने भएको छ।
रिचमन्डको ३६९ चेस्ले एभिन्यु (369 Chesley Ave, Richmond, CA) मा आयोजना हुने उक्त महोत्सवमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा सम्पन्न गरिने आयोजकले जनाएका छन्।
समारोहमा नेपाल तथा अमेरिकाको धार्मिक, सांस्कृतिक तथा सामाजिक समन्वयको अद्वितीय झलक प्रस्तुत गरिनेछ। कार्यक्रममा नेपाली झण्डा, ओं, बुद्ध धर्म, हिन्दू धर्म तथा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्ने विविध प्रतीकहरू प्रयोग गरी बहु-धार्मिक सहिष्णुताको सन्देश दिइएको छ।
आयोजकले कार्यक्रमको प्रवर्द्धनमा संलग्न समुदायलाई आभार व्यक्त गर्दै धार्मिक तथा सामाजिक रूपान्तरणको साझा प्रयासमा सहभागी हुन सबैलाई आग्रह गरेका छन्।
धार्मिक चेतना र सामुदायिक सशक्तिकरणको सन्देश दिनु यो महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजक संस्थाले स्पष्ट पारेको छ।